भर्ना सम्बन्धी सूचना

श्री जागृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७८ का लागि कक्षा नर्सरीदेखि १, २, ३, ४, ५, ६, ७, ८, ११, प्रि–डिप्लोमा र डिप्लोमा तह कृषि वाली विज्ञानमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ । सीमित सिट भएकोले समयमा नै फारम भर्नु हुन जानकारी गराइन्छ ।

भर्ना हुन निम्नानुसारका विवरणहरु अनिवार्य हुनुपर्नेछ :
१. अघिल्लो कक्षा उत्तीर्ण गरेको लब्धांकपत्र ।
२. पासपोर्ट साइजनको १ प्रति फोटो ।
३. जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि (कक्षा ८ को हकमा)

पुनश्च :
१. विद्यालयमा प्रवेश गर्दा भौतिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाउनु हुन अनुरोध गरिन्छ ।
२. विद्यालयले आवश्यकतानुसार वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्नेछ ।
३. कोभिड १९ को कारण परिस्थिति असहज भएको हुँदा भर्ना अभियानमा सहयोगको लागि सम्पूर्ण सुरोकारवालाहरुमा हार्दिक अनुरोध गरिन्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *