शिलबन्दी दरभाउपत्र आह्वान गरिएको सूचना

प्रथम पटक प्रकाशित : २०७८/०२/२४ गते

श्री जागृति माध्यमिक विद्यालयले सार्वजतिक खरिद ऐन २०६३ र नियमावली संसोधन २०७७ बमोजिम निम्नानुसार सामग्रीहरु खरिद गर्नको लागि शिलबन्दी दरभाउ पत्र आव्हान गरेको हुँदा ईच्छुक फर्म, सप्लायर्सहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र शिलबन्दी दरभाउपत्र खरिद गरी पेश गर्नुहुन अनुरोध गरिन्छ ।

दरभाउपत्र नं. ०१-०७७/७८  

कामको विवरण विद्यालयमा डिजिटल विद्यालयसम्बन्धी सामग्रीहरु उपलब्ध गराउने

जमानत रकम (रु.मा) रु.५०,०००/-

१.   काभ्रेपलाञ्चोक जिल्ला, चौंरीदेउराली गा.पा. ५, क्यौरेनी स्थित श्री जागृति माध्यमिक विद्यालयबाट देहायको कार्यको लागि शिलबन्दी दरभाउपत्रको माध्यमबाट गराउनुपर्ने भएकोले सार्वजनिक खरिद नियमावली दशौं संसोधन २०७७ बमोजिम नेपाल सरकारबाट ईजाजत प्राप्त आधिकारिक सप्लायर्सहरुबाट स्था.ले.नं., आयकर दर्ता प्रमाणपत्र, मु.अ.कर दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र (आ.व. २०७६/७७) र कालो सूचीमा नरहेको स्व.घोषणा पत्र संलग्न गरी यस कार्यालयमा २०७८/०३/०७ गते दिनको १२.०० बजेसम्म रीतपूर्वकको शिलबन्दी पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

२.   पेश भएका दरभाउपत्रहरु कार्यलय प्रतिनिधि तथा दरभाउपत्रदाता वा निजहरुका प्रतिनिधिहरुको रोहवरमा २०७८/०३/०८ गते दिनको अपरान्ह २.०० बजे खोलिने छ । दरभाउपत्रदाता वा निजका प्रतिनिधिहरु उपस्थित नभएपनि दरभाउपत्र खोल्ने कार्यमा बाधा पर्नेछैन ।

३.   उल्लिखित प्रत्येक दरभाउपत्र खरिद वापतको रु.१,०००/- रकम यस कार्यालयको चौंरीदेउराली शाखा अन्तर्गत नेपाल क्रेडिट एण्ड कर्मश बैंक, च.हि.नं. १४४००००००१४०१ मा जम्मा गरेको बैंक भौचर वा नगदी रसिद द्यक्ष्म् म्इऋग्ःभ्ल्त् सँगै राख्नुर्पेछ । दरभाउपत्र शूल्क मूल्यांकनमा समावेश गरिने छैन ।

४.   नेपाल सरकारलाई बुझाउनुपर्ने आयकर तथा अन्य कर बुझाउनुपरेमा आपूर्तिकर्ता स्वयम्ले व्यहोर्नुपर्नेछ ।

५.   सामान आपूर्ति भए पछि यस कार्यालयबाट भुक्तानी सम्झौतामा उल्लेख भएको प्रावधान अनुसार हुनेछ ।

६.   मालसामानको ढुवानी खर्च आपूर्तिकर्ता स्वयम्ले व्यहोर्नु पर्नेछ ।

७.   दरभाउपत्रदाताहरुले दरभाउपत्रमा समावेश सम्पूणर् कागजातहरुको सक्कल प्रति दरभाउपत्र खोलिएको २ दिनभित्र पेश गर्नुपर्नेछ अन्यथा दरभाउपत्र मूल्यांकनमा समावेश गरिनेछैन ।

८.   दरभाउपत्र स्वीकृत गर्ने, नगर्ने, आंशिक स्वीकृत गर्ने वा रद्द गर्ने सबै अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।

९.   सूचनामा नपरेको व्यहोराको हकमा सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली (दशौं संशोधन) २०७६, तथा नेपालको कानुन अनुसार हुनेछ ।

थप जानकारीको लागि सम्पर्क नम्बर ९८६९६११६७९, ९८५१२४३०७१, ९८४१७५९९४६

Leave a Comment

Your email address will not be published. Required fields are marked *